सगरमाथा आरोहण गरेका सांसद शेर्पालाई सभामुखले गरे सम्मान
मङ्गलबार, १९ जेठ २०८३, १४ : ४३
सारांश
- सभामुख डोलप्रसाद अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभाका सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन्।
- शेर्पाले जेठ १३ गते बिहान ५:४० बजे सङ्घीय संसद्को झण्डासहित सगरमाथाको सफल आरोहण गरेका थिए ।
- उनी सगरमाथा आरोहण गर्ने पहिलो बहालवाला सङ्घीय सांसद हुन् ।
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभाका सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन्।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा मङ्गलवार आयोजित कार्यक्रममा शेर्पालाई राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा बधाई व्यक्त गरे।
शेर्पाले जेठ १३ गते बिहान ५:४० बजे सङ्घीय संसद्को झण्डासहित सगरमाथाको सफल आरोहण गरेका थिए । उनी सगरमाथा आरोहण गर्ने पहिलो बहालवाला सङ्घीय सांसद हुन् । यो उनको सगरमाथाको दशौँ सफल आरोहणसमेत हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण