आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

संसदमा बालेन्द्र शाहको अभिव्यक्तिबारे रास्वपाको धारणा माग

मङ्गलबार, १९ जेठ २०८३, १५ : २७
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतीय भूमि मिचेको भनी दिएको अभिव्यक्तिबारे सत्तारुढ दल रास्वपाको धारणा माग गरेका छन् ।
  • उनले प्रधानमन्त्रीको अभिव्यक्ति सिंगो राष्ट्रको चिन्ताको विषय भएको र यसको समाधान संसदबाटै हुनुपर्ने बताए ।
  • दुलालले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे रास्वपाको धारणा सार्वजनिक हुनुपर्ने र प्रधानमन्त्रीले संसदमा प्रस्ट पार्नुपर्ने माग गरेका छन् ।

काठमाडौँ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालले भारतीय भूमि मिचेको भनेर दिएको अभिव्यक्तिबारे सत्तारुढ दल रास्वपाको धारणा आउनुपर्ने माग गरेको छ । 

मंगलबारको प्रतिनिधि सभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री कुनै पार्टीको मात्र नभएर देशको प्रधानमन्त्री भएकाले उहाँले संसदमा सीमासम्बन्धी बोलेको कुरा सिंगो राष्ट्रको चिन्ताको विषय भएका बताए । 

साथै उनले यसको समाधान संसदबाट दिनैपर्नेमा जोड दिए । ‘प्रधानमन्त्री बालेन्द्र शाहले बोलेको कुरामा रास्वपाको धारणा के हो ? सार्वजनिक हुनुपर्छ र प्रधानमन्त्रीले संसदमा प्रस्ट पार्नुपर्छ’, दुलालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप