गोली प्रहार गरी लुटपाट प्रयास, २ जना घाइते
बुधबार, २० जेठ २०८३, ०७ : ३९
सारांश
- महोत्तरीको सोनमा गाउँपालिकामा चोरी गर्न आएका व्यक्तिसँग प्रतिवाद गर्दा श्रीमान्-श्रीमतीमाथि गोली प्रहार भएको छ।
- अपराधीले गोली चलाउँदा २७ वर्षीय रामईश्वर यादव र २२ वर्षीया किरण यादव घाइते भएका छन्।
- घाइतेहरूको उपचार भइरहेको छ र प्रहरीले घटनामा संलग्नहरूको खोजी तथा अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिका–३, खखना दक्षिणबारी टोलमा चोरी गर्न आएका व्यक्तिसँग प्रतिवाद गर्दा श्रीमान्–श्रीमती घाइते भएका छन्।
मंगलबार राति घरभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका ५–६ जना अपरिचित व्यक्तिसँग प्रतिवाद हुँदा २७ वर्षीय रामईश्वर यादव र उनकी श्रीमती २२ वर्षीया किरण यादवमाथि गोली प्रहार भएको थियो । गोली लागेर दुवै जना घाइते भएका हुन् ।
घाइतेहरूको प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ । घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण