बसमा ड्रोन आक्रमण, ७ जनाको मृत्यु
सारांश
- रुस-नियन्त्रित डोनेट्स्क क्षेत्रमा यात्रुवाहक बसमा भएको ड्रोन आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
- रुसद्वारा नियुक्त डोनेट्स्क क्षेत्रका प्रमुख डेनिस पुशिलिनका अनुसार उक्त बसमा बिहान सबेरै मस्कोदेखि क्रिमियाको सिम्फेरोपोल तर्फ जाँदै गर्दा आक्रमण भएको थियो ।
- यो आक्रमण युक्रेनमाथि भएको ठूलो रूसी हमलापछि भएको हो, जसमा कम्तीमा २२ जनाको मृत्यु भएको थियो ।
मस्को । रुस–नियन्त्रित युक्रेनको डोनेट्स्क क्षेत्रमा यात्रुवाहक बसमा भएको ड्रोन आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
रुसद्वारा नियुक्त डोनेट्स्क क्षेत्रका प्रमुख डेनिस पुशिलिनका अनुसार उक्त बसमा बिहान सबेरै मस्कोदेखि क्रिमियाको सिम्फेरोपोल तर्फ जाँदै गर्दा आक्रमण भएको थियो ।
रूसी अधिकारीहरूका अनुसार रातभर भएको आक्रमणमा ३५० भन्दा बढी ड्रोन खसालिएको दाबी गरिएको छ । उत्तरी–पश्चिमी रुसको लेनिनग्राद क्षेत्रमा मात्रै करिब ५० ड्रोन खसालिएको क्षेत्रीय गभर्नर अलेक्जेन्डर द्रोज्देन्को ले बताएका छन् ।
यो आक्रमण युक्रेनमाथि भएको ठूलो रूसी हमलापछि भएको हो, जसमा कम्तीमा २२ जनाको मृत्यु भएको थियो । मर्नेमा महिला र बालबालिका पनि रहेका थिए । दुवै देशबीचको युद्ध पछिल्ला महिनाहरूमा ड्रोन आक्रमण र हवाई हमलामा केन्द्रित हुँदै गएको देखिन्छ ।
सेन्ट पिटर्सबर्गमा बुधबारदेखि अन्तर्राष्ट्रिय आर्थिक मञ्च शुरु हुने तयारी भइरहेका बेला यो आक्रमण भएको हो । आयोजकहरूका अनुसार १३० भन्दा बढी देश र क्षेत्रका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुनेछन् । सहभागीमध्ये चीनका उपराष्ट्रपति हान झेङ, साथै उज्बेकिस्तान र तान्जानियाका राष्ट्रपतिहरू पनि रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
-
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण