ओलीको ब्रिफिङ
ओली भन्छन्– पार्टी सदस्यता नवीकरण कार्यशालाले पार्टीमा नयाँ उत्साह थप्नेछ
बुधबार, २० जेठ २०८३, १२ : ५२
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता नवीकरण तथा बिस्तार कार्यशालाले पार्टीभित्र नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।
- उनले कार्यशालाले पार्टी भित्र भएका कतिपय अन्यौलता र भ्रमहरू चिर्ने र नयाँ विश्वास, जोस र जाँगरका साथ कार्यक्षेत्रमा पठाउने बताए ।
- पार्टीको सङ्गठन विभागले आयोजना गरेको यो कार्यशाला आज र भोलि सञ्चालन हुनेछ ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता नवीकरण तथा बिस्तार कार्यशालाले पार्टीभित्र नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।
आज बुधबारबाट काठमाडौँमा सुरु भएको सदस्यता नवीकरण विस्तार उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले भेलामा सहभागीहरूलाई पार्टी भित्र भएका कतिपय अन्यौलता र भ्रमहरू चिर्ने र नयाँ विश्वास र नयाँ जोस र नयाँ जाँगरका साथ कार्यक्षेत्रमा पठाउने बताए ।
भेलामा पार्टीका जिल्ला अध्यक्ष र सचिव,प्रदेशका पदाधिकारी तथा इन्चार्जहरू,पार्टीको सङ्गठन विभाग र सबै जनसंगठनका अध्यक्षहरु सहभागी छन् । पार्टीको सङ्गठन विभागले आयोजना गरेको कार्यशाला आज र भोलि सञ्चालन हुनेछ । कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण