तुलसी अधिकारी विरूद्धकाे थुनछेक बहस सकिएन, भोलि फेरि सुनुवाइ हुने
सारांश
- टिकटकबाट चर्चित तुलसा अधिकारीको थुनछेक बहस नसकिएकाले भोलि पुनः सुनुवाइ हुने भएको छ।
- अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ।
- यो मुद्दामा एक व्यवसायीको जाहेरीका आधारमा ६ करोड ५२ लाख बिगो मागदाबी गरिएको छ र अधिकारीसहित १० जना प्रतिवादी छन्।
काठमाडौँ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीको थुनछेक बहस हेर्दाहेर्दैमा राखेर भोलि सुनुवाइ हुने भएको छ। अधिकारीको बयानपछि भएको थुनछेक बहस आज नसकिएपछि हेर्दाहेर्दैमा बिहीबारका लागि सुनुवाइमा राखिएको छ।
अधिकारी विरुद्धको मुद्दा ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा सुनुवाइ भइरहेको छ। आज बहस नसकिएपछि भोलि सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने र प्रतिवादी अधिकारीको कानुन व्यवसायीले बहस गरेसँगै बहस पूरा हुने जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका सहायक जिल्ला न्यायाधिवक्ता भरतकुमार मैनालीले जानकारी दिए।
प्रतिवादी अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर गत शनिबार राति काठमाडौँ ल्याइएको थियो । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ।
एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनी विरूद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको छ । यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण