शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

ओलीसँग तुलना गर्दै योगेशले सम्झिए वृद्धले गाडी जोगाएको कथा

बुधबार, २० जेठ २०८३, १७ : ५८
बुधबार, २० जेठ २०८३

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीको नेतृत्व नछाड्ने बताएपछि उपमहासचिव योगेश भट्टराईले एक वृद्धको कथा स्मरण गरेका छन् ।
  • ओलीले 'शिर काटेर सङ्गठन बलियो नहुने' बताएको सन्दर्भमा भट्टराईले सातौँ महाधिवेशनमा सुनिएको वृद्धको कथा सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
  • वृद्धले बस पल्टिन लाग्दा डन्डी तानेर यात्रुको ज्यान बचाएको कथा भट्टराईले स्मरण गरेका हुन् ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछाड्ने सन्देश दिएपछि उपमहासचिव योगेश भट्टराईले वृद्ध मानिसको कथा स्मरण गरेका छन् । पार्टीको दुई दिने कार्यशाला उद्घाटन गर्दै ओलीले बुधबार शिर काटेर सङ्गठन बलियो नहुने भन्दै आफू अध्यक्ष नछोड्ने बताएका थिए । 

ओलीको यही अभिव्यक्तिलाई सङ्केत गर्दै उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमा सातौँ महाधिवेशनको बन्द सत्रमा एक नेताले सुनाएको वृद्धको कथालाई उद्धृत गरेका हुन् । 

‘नेकपा एमालेको सातौँ राष्ट्रिय महाधिवेशनको (जनकपुर) बन्द सत्रमा पार्टीका एक जना वरिष्ठ नेताले भाषणका क्रममा यस्तो कथा सुनाउनुभएको थियो– एक जना बुढा मानिस बसमा चढेछन् । सिट खाली थिए तर उनी सिटमा बसेनन्’, भट्टराईले लेखेका छन्– ‘बसको यात्रा सकेपछि बुढाले सबैलाई जम्मा गरेर भनेछन्- आज तपाईंहरू सबै मेरो कारणले बच्नुभयो । यात्रुहरू छक्क परेर सोधेछन्–कसरी ? बुढाले सगौरव भनेछन् ‘पल्टिन लागेको बसलाई डन्डीमा तानेर मैले पल्टिनबाट जोगाएँ र तपाईंहरू बच्नुभयो’ भट्टराईले आफूलाई आज मलाई त्यही कथाको खुब सम्झना आएको बताएका छन् ।

708191315_2129825864541235_4654387010818500445_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप