वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
सारांश
- पोखरा महानगरपालिकाले 'ग्रिन पोखरा क्लिन पोखरा' को लक्ष्यसहित मेगा वृक्षारोपण अभियान अन्तर्गत विश्व वातावरण दिवसका अवसरमा ६ हजार बढी बिरुवा रोपेको छ ।
- नगर प्रमुख धनराज आचार्यले नगरवासीलाई घर तथा पसल अगाडि बिरुवा रोपी ग्रिन पोखरा क्लिन पोखरा निर्माणमा योगदान गर्न आह्वान गरेका छन् ।
- यस अभियान अन्तर्गत पोखराका सडक, नदी किनार र सार्वजनिक स्थलहरूमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवा लगाइने योजना छ ।
पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षारोपण अभियान जारी छ । पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न वृक्षारोपण अभियान थालिएको नगर प्रमुख धनराज आचार्यले बताए।
अभियान अन्तरगत विश्व वातावरण दिवसका अवसरमा शुक्रवार पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा ६ हजार बढी बिरुवाहरू लगाइएको छ । नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा उपत्यका नगर विकास समितिको कार्यालय परिसरमा विभिन्न प्रजातिका फूल तथा फलफूलका बिरुवाहरू लगाइएको छ ।
नगर प्रमुख आचार्यले मेगा वृक्षारोपणको अभियानका क्रममा आ–आफ्नो स्थानबाट बिरुवाहरू लगाएर ग्रिन पोखरा क्लिन पोखरा निर्माणमा योगदान गर्न नगरवासीहरूलाई आह्वान गर्नुभएको छ । आफ्नो घर तथा पसल अगाडी लगाइएका बिरुवाहरूको नियमित गोडमेल तथा संरक्षण गर्दै वातावरणीय स्वच्छता प्रवर्द्धन गर्न उनले आग्रह गरे ।
अभियान अन्तरगत लामो अध्ययन पश्चात् वन विज्ञान अध्ययन संस्थान र वन तथा वातावरण सम्बन्धी विज्ञहरूको सुझाव अनुसार नगर क्षेत्रको ७ सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ किमी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवाहरू लगाइने उनले बताए ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले ग्रिन पोखरा क्लिन पोखराको अभियानलाई सार्थक तुल्याउन हरेक नगरवासीहरूले आफ्ना अगाडीका बिरुवाहरूको संरक्षणको दायित्व लिनुपर्ने बताए । आफ्नो वरपरको वातावरणलाई सफा स्वच्छ र हराभरा बनाउनका लागि महानगरपालिका यहाँहरूको साथमा रहेको उल्लेख गर्दै उनले महानगरको अभियानमा साथ दिन आग्रह गरे ।
विज्ञहरूको सुझाव अनुसार महानगर क्षेत्रमा पहिचान गरिएको क्षेत्रमा लगाउन सकिने बिरुवाहरूमा वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरा लगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण