बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
सारांश
- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारबाट जनताको आशा र भरोसा पूरा हुने विश्वास नभएको बताएका छन् ।
- उनले दुई तिहाइ मत पाएको उक्त पार्टीको कामकारबाही हेर्दा जनताको समस्या सम्बोधन गर्छ भन्ने विश्वास गर्न नसकिने जिकिर गरे ।
- सरकारले जनतालाई निराश बनाउने गतिविधि गरे प्रतिवादमा उत्रने चेतावनी दिँदै घिसिङले आफ्नो पार्टी नयाँ दलको विकल्प भएको दाबी गरे ।
काठमाडौँ । उज्यालो नेपाल पार्टी(उनेपा) का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र (रास्वपा) को सरकारबाट जनताले आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास नभएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले दुई तिहाइ मत दिएको उक्त पार्टीको हालसम्मको कामकारबाही हेर्दा उनीहरुले जनताको समस्या सम्बोधन गर्छ भन्ने विश्वास गर्न नसकिने जिकिर गरे ।
अध्यक्ष घिसिङले जनताले विश्वास गरेको पार्टीको सरकारका हरेक गतिविधि सफल होस् भन्ने चाहना आफूहरूको रहे पनि सरकारले सोही अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
उनले जनतालाई निराश बनाउने खालको गतिविधि सरकारबाट भइरहे प्रतिवादमा उत्रने चेतावनी समेत दिए । अध्यक्ष घिसिङले जनताले नयाँ पार्टीको पनि विकल्पको रूपमा आफ्नो पार्टीलाई लिएको दाबी समेत गरे ।
अध्यक्ष घिसिङले सरकारले विद्युतमा कर लगाउने व्यवस्था बजेटमा ल्याएको भन्दै आपत्ति जनाए । उनले मुलुकको समृद्धिका लागि पानी, कृषि र पर्यटनको क्षेत्रमा केन्द्रित भएर आफूहरूले काम गर्न चाहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण