७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्नो अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
- पार्टीको सङ्गठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि अधिकांश जिल्लामा शनिबार र आइतबार अधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
- बारा जिल्लाको अधिवेशन जेठ २६ गते हुनेछ भने अन्य जिल्लाहरूमा जेठ २३ र २४ गते अधिवेशन सम्पन्न हुनेछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लाका लागि आफ्नो अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको सङ्गठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि रास्वपाले देशभरका अधिकांश जिल्लामा शनिबार र आइतबार अधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।
विवाद रहेको बारा जिल्लाको अधिवेशन जेठ २६ गतेका लागि तय गरिएको छ । सातै प्रदेशका प्रमुख जिल्लाहरूमा अधिवेशन हुनेछ । भोलि कोसी प्रदेशका झापा, मोरङ, सुनसरीसहित ८ जिल्ला, मधेसका महोत्तरी र रौतहट, बागमतीका काठमाडौँ, भक्तपुर, नुवाकोटसहित १० जिल्लामा अधिवेशन हुनेछ ।
त्यसैगरी गण्डकीका ५ जिल्ला, लुम्बिनीका ८ जिल्ला, कर्णालीका २ र सुदूरपश्चिमका ३ जिल्लामा नयाँ नेतृत्व चयन गरिने कार्यतालिका छ ।
दोस्रो दिन अर्थात् जेठ २४ गते कोसीका ४, मधेसका ४, बागमतीका चितवन, ललितपुर र रसुवा, गण्डकीका ४, लुम्बिनीका ३, कर्णालीका ६ र सुदूरपश्चिमका अछाम, कैलाली, कञ्चनपुरसहित ६ जिल्लामा अधिवेशन हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।
केसीका अनुसार विशेष कार्यतालिका बमोजिम मधेस प्रदेशको बारा जिल्लाको अधिवेशन भने जेठ २६ गते सम्पन्न हुनेछ । अधिवेशन सम्पन्न गर्नका लागि ७७ वटै जिल्लामा निर्वाचन समिति गठन भएको प्रमुख केसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण