आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
काठमाडौँ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सिफारिस समितिको सचिवालयले एक सूचना जारी गर्दै उत्कृष्ट तीन उम्मेदवारको नाम पूर्वाधार विकास मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।
सिफारिस सूचीमा पर्ने उम्मेदवारहरूमा गोरखा नगरपालिका–९ का कृष्ण सिंह बस्नेत, धनकुटाको सहिदभूमि गाउँपालिका–१ का धर्मराज खड्का र मोरङको विराटनगर महानगरपालिका–१३ का पङ्कज कुमार दास रहेका छन् ।
यसअघि सहरी विकास मन्त्रालयले २०८२ असार ३१ गते उक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । निर्धारित म्यादभित्र प्राप्त आवेदनहरूमध्येबाट प्रारम्भिक छनोट (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव, व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन, प्रस्तुतीकरण र अन्तर्वार्तामा प्राप्त प्राप्ताङ्कका आधारमा उत्कृष्ट ठहरिएका तीन जनालाई सिफारिस गरिएको समितिले जनाएको छ ।
जेठ २२ गते बसेको सिफारिस समितिको बैठकले ‘सहरी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६’ को दफा १३ को उपदफा (१) बमोजिम सर्वसाधारणको जानकारीका लागि उक्त सूचना प्रकाशन गरेको हो ।
अब सिफारिसमा परेका यी तीन जनामध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई समितिको कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण