परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्ने सहमति भएको छ ।
- भ्रमणका क्रममा भारतको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत निर्माण गरिएका ८४ वटा परियोजनाको भर्चुअल हस्तान्तरण गरिएको छ ।
- भाषा अनुवाद प्लेटफर्मसम्बन्धी डिजिटल पूर्वाधार विकासका लागि समेत समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले भारत भ्रमणका क्रममा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा व्यापक छलफल भएको उनले जानकारी दिए ।
भ्रमणका क्रममा नेपाल र भारतबिच अन्तरदेशीय डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्ने सहमति भएको उनले बताए । मन्त्री खनालले भारतको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत निर्माण गरिएका ८४ वटा परियोजनाको भर्चुअल हस्तान्तरण गरिएको बताए ।
भाषा अनुवाद प्लेटफर्मसम्बन्धी डिजिटल पूर्वाधार विकासका लागि समेत समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिए । झण्डै दुई वर्षदेखि रोकिएको उच्चस्तरीय भ्रमण अब पुनः सक्रिय हुने र आगामी केही महिनाभित्र दुवै देशबाट उच्चस्तरीय भ्रमण हुनसक्ने अपेक्षा रहेको उनको भनाइ थियो।
पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले लिपुलेक, कालापानीलगायत सीमा सम्बन्धी विषयमा नेपालले कूटनीतिक माध्यमबाट आफ्नो धारणा राखिरहेको जानकारी दिए । उनले सीमा समस्याको समाधान तथ्य, प्रमाण र आपसी संवादका आधारमा खोजिने बताए ।
दुवै देशबिच भएका छलफल र सहमतिले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै व्यापार, लगानी, ऊर्जा, पर्यटन र कनेक्टिभिटीका क्षेत्रमा परिणाममुखी सहकार्यका लागि आधार तयार भएको सरकारको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण