इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
तेहरान । इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान बोर्डकास्टिङ (आईआरआईबी)का अनुसार सोमबार भएको इजरायली आक्रमणमा इरानको वायु रक्षा इकाईका दुई सदस्य मारिएका छन् ।
रिपोर्टअनुसार ती दुई सैनिक देशको हवाई क्षेत्रको सुरक्षा गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा मारिएका थिए । घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन ।
यसैबिच इजरायल र इरानले पछिल्ला दिनमा भएको मिसाइल आक्रमणपछि पुनः युद्धविराम कायम गरेका छन् । तर तेहरानले दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी रहेमा आफूले फेरि सैन्य कारबाही सुरु गर्न सक्ने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिका र इरानबिच दुई वा तीन दिनभित्र नयाँ सम्झौता हुन सक्ने बताएका थिए । उनका अनुसार उक्त सम्झौताले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नेछ र महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज तत्काल पुनः पूर्ण रूपमा सञ्चालनमा आउन मद्दत गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण