बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, २८ जेठ २०८३, २१ : ३५
काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार रहँदै आएका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-४ का ५२ वर्षीय प्रशान्तराम नकर्मी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१२ टेकुबाट निजलाई आज पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौँले गत मङ्सिर १० गते निजलाई उक्त मुद्दामा रु सात लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर गरेको थियो । नकर्मीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिका मैदानमा, घन्कियो राष्ट्रिय गान
-
कस्ताे छ मेक्सिको सिटीकाे माैसम ?
-
एउटा ब्याच नम्बरबाहेक अन्य उत्पादन सुरक्षित रहेको यशोदा फुड्सको स्पष्टोक्ति
-
तस्बिरमा फिफा विश्वकप २०२६ को उद्घाटन समारोह
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिकाको सुरुवाती टोली सार्वजनिक
-
सकिरा र बर्ना ब्वायको प्रस्तुतिले तात्यो उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण