एच३ रकेट सफल पुनःउडानमा फर्कियो
काठमाडाैँ । जापानको नयाँ पुस्ताको फ्ल्यागशिप एच३ रकेट कम लागत संस्करणसहित सफल प्रक्षेपण गर्दै पुनः उडानमा फर्किएको छ । निरन्तर असफलताका कारण चुनौतीमा परेको जापानको अन्तरिक्ष कार्यक्रमका लागि यो उडानलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (ज्याक्सा) का अनुसार एच३ रकेटलाई शुक्रबार बिहान दक्षिणपश्चिम जापानको तानेगाशिमा स्पेस सेन्टरबाट सफलतापूर्वक प्रक्षेपण गरिएको हो। रकेटको दोस्रो चरण लक्षित कक्षामा सफलतापूर्वक पुगेको पुष्टि गरिएको छ भने विश्वविद्यालय तथा अन्य संस्थाहरूले विकास गरेका छवटा साना उपग्रहहरू सफलतापूर्वक अलग भएको अनुमान गरिएको छ।
यस पटकको मिसनले एच३ को नयाँ ‘३० कन्फिगरेसन’ को पहिलो उडानलाई प्रतिनिधित्व गरेको हो। यो संस्करण तीनवटा लिक्विड फ्युल एलई–९ इन्जिनसहित कुनै पनि बुस्टर बिना सञ्चालन गरिएको हो र यसलाई लागत घटाएर अन्तरिक्ष प्रतिस्पर्धामा बढी प्रभावकारी बनाउने उद्देश्यले विकास गरिएको हो। यसका विभिन्न मोडेलहरूले ग्राहकको आवश्यकताअनुसार सेवा दिने गरी डिजाइन गरिएको छ।
एच३ रकेट जापानको पुरानो एच–२ए रकेटलाई प्रतिस्थापन गर्ने लक्ष्यसहित विकास गरिएको हो, जसको सफलताको इतिहास लगभग पूर्ण मानिन्छ । तर नयाँ पुस्ताको एच३ ले सुरुआती चरणमै दुई असफलता भोगेपछि लामो समय ग्राउन्डेड रहनुपरेको थियो।
मार्च २०२३ को पहिलो परीक्षण उडानमा दोस्रो चरणको इन्जिन प्रज्वलन हुन नसक्दा मिशन असफल भएको थियो। त्यसपछि डिसेम्बरमा भएको अर्को प्रक्षेपणमा नेभिगेसन स्याटेलाइट बोकेको भए पनि दोस्रो चरणको खराबीका कारण उपग्रहलाई निर्धारित कक्षामा पुर्याउन सकेको थिएन।
यी असफलतापछि एच३ कार्यक्रम रोकिएको थियो र शुक्रबारको सफल उडानलाई त्यसयताकै पहिलो ठूलो पुनरागमनका रूपमा हेरिएको छ। जापानको भविष्यका अन्तरिक्ष योजनाहरू, विशेषगरी सन् २०२८ मा प्रस्तावित मङ्गल मिसन, यसै रकेट प्रणालीमा निर्भर रहने भएकाले यो सफलतालाई अत्यन्त महत्त्वपूर्ण मानिएको छ।
यता सानो एप्सिलोन–एस रकेट शृङ्खला पनि २०२४ को परीक्षण क्रममा आगलागी भएपछि ढिलाइमा परेको छ, जसले जापानको समग्र अन्तरिक्ष कार्यक्रमलाई थप चुनौती दिएको थियो।
ज्याक्सा र मित्सुबिशी हेभी इन्डस्ट्रिजले संयुक्त रूपमा विकास गरेको एच३ रकेटलाई अब वार्षिक रूपमा ६ देखि आठ पटक प्रक्षेपण गर्ने लक्ष्य राखिएको छ। यो सफलताले जापानलाई विश्वव्यापी अन्तरिक्ष बजारमा प्रतिस्पर्धी बनाउन र एलन मस्कको स्पेसएक्सजस्ता निजी कम्पनीसँग प्रतिस्पर्धाका लागि मद्दत गर्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रास्वपाभित्र स्वार्थ समूहको लडाइँ, सरकारले बनाएका प्रयोगशाला सञ्चालनमै आएनन्
-
बाजुरा र हुम्लाको सिमानामा प्रहरी र सशस्त्रको अस्थायी बेस राख्ने निर्णय
-
मन्त्री समक्ष जेनेभामा रहेका नेपाली कुटनीतिज्ञहरुको आग्रह : सरकार दूतावास बन्द गर्नेतर्फ नलागोस्
-
हर्क साम्पाङले रवि लामिछानेलाई लेखे खुला पत्र
-
मोबाइल नष्ट प्रकरण : निष्पक्ष छानबिन गरी कारबाही गर्न माग
-
बागमती प्रदेशका पूर्वमन्त्री काफ्लेले लिए ट्राफिक सचेतना कक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण