सचिनको 'मापसे'मा एलिसा र विनोदको जोडी
काठमाडौं - गायक सचिन राईको 'मापसे पढे लेखे नेपालमा काम छैन’ बोल रहेको नयाँ गीत सार्वजनिक भएको छ । नेपालमा लेखपढ भएका बेरोजगार युवाहरुको गुनासो सरकासमक्ष देखाउन खोजिएको छ । गीतमार्फत वेराजगार युवालाई रोजगार दिलाऔँ, नत्र नेपालमा युवाहरु नराम्रो बाटोतिर लाग्नेछन् भन्ने सन्देश गीतमा छ ।
भिडियोमा चर्चित मोडल एलिसा राई र विनोद न्यौपानेको अभिनय छ । सचिनको आवाजमा रहेको गीतलाई राज खड्काले लेखेको हुन् भने रमेश खड्काले संगीत भरेका छन् ।
विनोद गुरुङ भुजेलको एरेन्ज रहेको गीतको भिडियो निर्माण नवराज भट्टराईले गरेका हुन् ।
काठमाडौंको बालाजुमा छायांकन गरिएको भिडियोलाई विदुर पाण्डेले खिचेका हुन् ।
एक दर्जन भन्दा बढी गीत रेकर्ड गराईसकेका सचिन ‘खोजि प्रतिभा - सिजन २’ सेकेण्ड रनरअप समेत हुन् ।
खोटाङमा जन्मिएका सचिनले यसअघि ढाकाको चोलीमा, सिसि क्यामेरा लगायतका गीतहरु बजारमा ल्याईसकेको छन् ।
भिडियो हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कको एक्सएआई विरुद्धको मुद्दा रोक्न खोज्दैछ ट्रम्प प्रशासन
-
कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण
-
रास्वपा ‘गैरदलीय स्थानीय तह’बाट पछि हट्ने सम्भावना छ : खिमलाल देवकोटा (भिडियोसहित)
-
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-
स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउन सम्भव छ ?
-
दुई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण