सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
काेशी बजेट

कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड ५८ लाख

सोमबार, ०१ असार २०८३, १७ : ४७
सोमबार, ०१ असार २०८३

सारांश

  • कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
  • यसमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगत तर्फ २० अर्ब ७५ करोड ९९ लाख र वित्तीय व्यवस्था तर्फ १५ करोड, वित्तीय हस्तान्तरण ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ रहेको छ ।
  • यो बजेट चालू आर्थिक वर्षको भन्दा १२.७४ प्रतिशतले बढी हो ।

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।  प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले उक्त आकारको बजेट ल्याएका हुन् । 

जसमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगत तर्फ २० अर्ब ७५ करोड ९९ लाख र वित्तीय व्यवस्था तर्फ १५ करोड, वित्तीय हस्तान्तरण ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ रहेको छ । यो बजेट चालू आर्थिक वर्षको भन्दा १२।७४ प्रतिशतले बढी हो । 

मन्त्री लिङ्थेपले उक्त खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड, सङ्घबाट आउने वित्तीय समानीकरणबाट ९ अर्ब १२ करोड, सशर्त अनुदान ५ अर्ब ९५ करोड, समपूरक ६४ करोड, विशेष अनुदान ५५ करोड, रोयल्टीबाट प्राप्त हुने रकम ४१ करोड, सोझै भुक्तानीबाट २० करोड र बाँकी अपुग रकम नगद मौज्दातबाट ५ अर्ब व्यहाेरिने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप