सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

राजविराजको जग्गा समस्या समाधान गर्न ५ सदस्यीय समिति गठन

सोमबार, ०१ असार २०८३, १६ : १६
सोमबार, ०१ असार २०८३

काठमाडौं । सप्तरीको राजविराज नगरपालिका अन्तर्गत जग्गा दर्ता सम्बन्धी विवाद समाधान गर्न पाँच सदस्यीय समिति गठन भएको छ । 

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव नरेन्द्र पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई १५ दिनभित्र समस्याको पहिचान र दीर्घकालीन समाधानको कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न भनिएको छ । 

समितिका अन्य सदस्यहरुमा नापी विभागका प्रमुख नापी अधिकृत दिनेश काफ्ले, अभिलेख विभागका निर्देशक खिमानन्द आचार्यसहित अन्य ३ जना रहेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जनाएका छन् । 

नगरपालिकाभित्रको बेटोरी क्षेत्रमा बसोबास गर्दै आएको जग्गा किनबेचमा सरकारले रोक लगाएपछि स्थानीयले विरोध गर्दै आएका छन् ।

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप