फिफा विश्वकप २०२६
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
बुधबार, ०३ असार २०८३, ०८ : २६
सारांश
- लियोनेल मेसीले फिफा विश्वकप २०२६ को छनोट खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका छन्।
- मेसीले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३-० को अग्रता दिलाए।
- यो मेसीको छैटौँ विश्वकपमा अविस्मरणीय प्रदर्शन हो।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा लियोनेल मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक पूरा गरेका छन् । विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमै ह्याट्रिक गरेका उनले अर्जेन्टिनालाई ३–० को बलियो अग्रता दिलाएका छन्।
मेसीले खेलको १७औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि ६०औँ मिनेटमा दोस्रो गोल थपेका उनले ७६औँ मिनेटमा फेरि जाली चुमाउँदै ह्याट्रिक पूरा गरे ।
छैटौँ विश्वकप खेलिरहेका मेसीका लागि यो अविस्मरणीय प्रदर्शन बनेको छ । सुरुआतमै अफसाइडका कारण एक गोल खारेज भए पनि त्यसपछि उनले लगातार तीन गोल गर्दै अल्जेरियाको रक्षापंक्तिलाई निरीह बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रच्ने दाउमा कीर्तिमानी क्रिस्टियानो
-
रास्वपाले सार्वजनिक गर्यो महाधिवेशनको आधिकारिक लोगो
-
मकवानपुरका ४० भन्दा बढी औषधी पसल बन्द गर्न निर्देशन
-
प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै संसदमा विपक्षीको विरोध कायमै
-
विश्व फुटबलमा मेस्सीले रचे इतिहास
-
संस्थापक डीपी अर्यालको अनुपस्थितिले कस्तो रहला रास्वपा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण