लोक सेवा आयाेगका अध्यक्ष रेग्मी अनिवार्य अवकाशमा
बुधबार, ०३ असार २०८३, १५ : ३३
सारांश
- लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी ६५ वर्षे उमेर हदका कारण बुधबारबाट अनिवार्य अवकाशमा जान लागेका छन्।
- संवैधानिक पदाधिकारीहरू ६५ वर्ष पुगेपछि अनिवार्य अवकाश हुने कानुनी प्रावधानका कारण उनी अवकाशमा जान लागेका हुन्।
- अध्यक्ष रेग्मीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् र भोलिबाट सदस्य माधव बेलवासे निमित्त अध्यक्ष बन्नेछन्।
काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी बुधबारबाट अनिवार्य अवकाशमा जान लागेका छन्। उनी ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।
संवैधानिक पदाधिकारीहरू ६५ वर्ष पुगेपछि अनिवार्य अवकाश हुने कानुनी प्रावधानका कारण उनी अनिवार्य अवकाशमा जान लागेका हुन् । लोक सेवा आयोगका प्रवक्ता सहसचिव पुरुषोत्तम शर्माले अध्यक्ष रेग्मी आजबाट अनिवार्य अवकाशमा जान लागेका जानकारी दिए ।
अध्यक्ष रेग्मीले आजै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् । आयोगले केन्द्रीय कार्यालयले अहिले रेग्मीको बिदाइ कार्यक्रम गरिरहेको छ। भोलिबाट दोस्रो वरीयतामामा रहेका सदस्य माधव बेलवासे निमित्त अध्यक्ष बन्नेछन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण