लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
सारांश
- नेकपा (एमाले) ले लुम्बिनी प्रदेशस्तरीय बैठक सुरु गरेको छ, जसको मुख्य एजेन्डा पार्टीको सङ्गठनात्मक पुनर्गठन, निर्वाचनको समीक्षा र आगामी राजनीतिक रणनीति तय गर्नु हो।
- कपिलवस्तुको चनौटामा आयोजित यस बैठकमा पार्टीका उपाध्यक्षहरू, महासचिव शङ्कर पोखरेल, सचिव छविलाल विश्वकर्मा लगायत शीर्ष नेताहरूको सहभागिता रहेको छ।
- यसअघि कोशी र बागमती प्रदेशमा सम्पन्न गरिएका यस्तै बैठकहरू जस्तै, लुम्बिनीको बैठकलाई पनि पार्टी सङ्गठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ।
बुटवल । नेकपा (एमाले) ले पार्टी पुनर्गठन अभियान तथा निर्वाचन समीक्षालाई केन्द्रमा राख्दै लुम्बिनी प्रदेशस्तरीय बैठक सुरु गर्ने भएको छ।
एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार कपिलवस्तुको चनौटास्थित एक होटलमा बैठक आयोजना गरिएको हो। बैठक दिउँसो १२ बजेदेखि सुरु हुने बताइएको छ।
बैठकमा एमालेका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शङ्कर पोखरेल तथा सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायत शीर्ष नेताहरूको सहभागिता रहनेछ।
बैठकमा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति रहने जनाइएको छ।
अध्यक्ष कँडेलका अनुसार बैठकको मुख्य एजेन्डा पार्टीको सङ्गठनात्मक पुनर्गठन, पछिल्लो निर्वाचनको समीक्षा तथा आगामी राजनीतिक रणनीति तय गर्नु रहनेछ।
एमालेले यसअघि कोशी र बागमती प्रदेशमा यस्तै प्रकारका पुनर्गठन तथा समीक्षा बैठक सम्पन्न गरिसकेको छ। लुम्बिनीको बैठकलाई पार्टी सङ्गठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण