सुरुङ खनेर तीन घरमा चोरी
सारांश
- रौतहटको फतुवा विजयपुर नगरपालिका–६ मोतिपुर टोलमा अज्ञात समूहले तीन घरमा सुरुङ खनेर चोरी गरेको छ।
- चोरहरूले रामप्रसाद यादवको घरबाट नगद २ लाख ८० हजार र सुनका गहना, तेजनारायण यादवको घरबाट चाँदीका बाला चोरी गरेका छन्।
- गजेन्द्र सहनीको घरमा प्रवेश गरे पनि कुनै सामान चोरी नभएको र चोरहरूले नक्कली चाबी प्रयोग गरेको हुनसक्ने अनुमान गरिएको छ।
रौतहट। रौतहटको पश्चिमी भेगस्थित फतुवा विजयपुर नगरपालिका–६ मोतिपुर टोलमा बुधबार राति अज्ञात समूहले तीन घरमा सुरुङ खनेर प्रवेश गर्दै नगद तथा सुनचाँदीका गहना चोरी गरेको प्रहरीले जनाएको छ ।
चोरहरू मध्यरातमा घरका सदस्यहरू गहिरो निद्रामा रहेका बेला रामप्रसाद यादव, तेजनारायण यादव र गजेन्द्र सहनीको घरमा पालैपालो सुरुङ खनेर प्रवेश गरेका थिए।
पीडित परिवारका अनुसार रामप्रसाद यादवको घरभित्र रहेको ट्रङ्कको ताला खोलेर चोरहरूले नगद २ लाख ८० हजार रुपैयाँ तथा करिब २ लाख ४० हजार रुपैयाँ बराबरको सुनको मंगलसूत्र र हनुमानी चोरी गरेका छन्।
त्यसैगरी तेजनारायण यादवको घरभित्र रहेको बाकसाको ताला खोलेर करिब २० हजार रुपैयाँ मूल्य बराबरका तीन थान चाँदीका बालबालिकाले लगाउने हातका बाला चोरी गरिएको जनाइएको छ।
यस्तै गजेन्द्र सहनीको घरमा समेत चोरहरू प्रवेश गरे पनि कुनै सामान चोरी भने नभएको स्थानीयले बताएका छन्।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय विजयपुरको टोली घटनास्थल पुगेको थियो। फतुवा विजयपुर–६ का वडा अध्यक्ष रामएकवाल यादवले ट्रङ्क र बाकसाको ताला सहज रूपमा खुलेको अवस्थामा भेटिएकाले चोरहरूले नक्कली चाबी प्रयोग गरेको हुनसक्ने अनुमान गरिएको बताए।
‘ताला तोडफोड गरिएको कुनै चिन्ह देखिएको छैन। उनीहरू व्यावसायिक चोर हुनसक्छन् र नक्कली चाबी प्रयोग गरेको हुनसक्ने देखिन्छ,’ वडा अध्यक्ष यादवले भने। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
-
एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस
-
राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण