सचिवालय बैठक
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
बिहीबार, ०४ असार २०८३, १४ : ४३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समितिको सङ्ख्या १५८ सदस्यीय बनाउने निर्णय गरेको छ ।
- यस निर्णयअनुसार सात प्रदेशका सभापतिहरू पदेन सदस्य हुनेछन् ।
- यसअघि रास्वपाको केन्द्रीय समिति पदेनसहित १२९ सदस्यीय थियो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति सङ्ख्या बढाउने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति सदस्यको सङ्ख्या बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए । उनका अनुसार विधानमै वरिष्ठ नेताको पनि व्यवस्था गरिने भएको छ । तर वरिष्ठ नेता निर्वाचनबाट नचुनिएर सभापतिले घोषणा गर्न सक्नेगरी विधानको व्यवस्था गरिने बताइएको छ ।
‘१५१ सहित सात प्रदेशका सभापति पदेन हुने गरी १५८ सदस्यीय बनाउने निर्णय भएको छ’, ती नेताले रातोपाटीसँग भने, ‘अब रास्वपाको केन्द्रीय समितिको आकार ठुलो हुने भयो ।’
यसअघि रास्वपाको केन्द्रीय समितिको संख्या पदेनसहित १२९ सदस्यीय रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण