‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
सारांश
- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले 'काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू' भन्ने अभिव्यक्तिबारे प्रष्टीकरण दिएका छन् ।
- मन्त्री लम्सालले कुनै पनि व्यवसायीलाई कारबाही गर्न वा ठेक्का रद्द गर्न मन नभएको बताए ।
- उनले पूर्वाधार निर्माणमा निर्माण सामग्री व्यवस्थापन, वनबाट स्वीकृति ढिलाइ, बीमा तथा पोल सार्ने समस्या मुख्य रहेको बताए ।
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विवादित अभिव्यक्तिको विषयमा प्रष्टीकरण दिएका छन् । विनियोजन विधेयक अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको विनियोजनमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू भन्ने’ भनाइको घुमाउरो जवाफ दिएका हुन् ।
‘अस्ति त पोलको विषयमा म आफैँ पनि विवादमा आएँ,’ उनले भने, ‘हामीलाई कुनै पनि व्यवसायीलाई कारबाही गर्न र ठेक्का रद्द गर्न मन छैन । हामीले उहाँहरूको सम्भावना एक प्रतिशत मात्रै छ भने पनि हामीले पुस गर्नुपर्छ भन्ने नै हो ।’
उनले पूर्वाधार निर्माणको सम्बन्धमा मुख्य तीन चारवटा समस्या भएको बताए । उनले निर्माण सामाग्रीको व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण भएको बताए । त्यस्तै, वनबाट स्वीकृति आउन वर्षौंसम्म लगाउने गरेको उनले बताए ।
त्यस्तै, बीमा तथा पोल सार्ने समस्याले समेत यसका लागि अवरोध गरिरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
-
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
नागढुंगा चेकपोस्टमा प्रहरीले पैसा लिएको घटना छानबिन गर्न निर्देशन दिएको छु : गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण