४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
सारांश
- पूर्वसभामुख कृष्णबहादुर महराले ४८ वर्षको सक्रिय राजनीतिबाट स्वास्थ्य र उमेरका कारण बिदा लिएका छन् ।
- २०३६ देखि वाम राजनीतिमा सक्रिय महरा २०५२ देखि माओवादी सशस्त्र आन्दोलनमा भूमिगत भएका थिए ।
- सभामुख हुँदा यौन दुराचारको आरोप र पछिल्लो समय सुन तस्करी प्रकरणमा मुछिएका महराको २०७६ देखि ओरालो यात्रा सुरु भएको हो ।
काठमाडौँ । पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् । रातोपाटीसँग छोटो कुरा गर्दै उनले पार्टीप्रति कुनै वितृष्णाभन्दा पनि स्वास्थ्य र उमेरका कारण सक्रिय राजनीतिबाट अलग भएको जिकिर गरे ।
‘पार्टी छाडेको भन्दा पनि सम्पूर्ण जिम्मेवारीबाट अलग भएको हुँ । पार्टीप्रति कुनै वितृष्णा भएर होइन,’ उनले भने ।
२०१५ साल असार ४ गते रोल्पाको सदरमुकामस्थित लिबाङमा निम्न वर्गीय किसान परिवारमा जन्मिएका महरा २० वर्षको उमेरदेखि वामपन्थी राजनीतिमा सक्रिय थिए । उनले लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए ।
२०३६ देखि वाम राजनीतिमा लागेका महरा २०५२ देखि माओवादी सशस्त्र आन्दोलनमा भूमिगत भए । माओवादी आन्दोलनमा महराका सपरिवार नै भूमिगत भएका थिए । महरा २०५८ सालमा सरकारसँग वार्ता गर्त माओवादीबाट टोलीको संयोजग र २०६० सालमा वार्ताटोली सदस्य तथा प्रवक्ता थिए । उनी २०४८ सालको आम निर्वाचनमा तत्कालीन संयुक्त मोर्चाबाट रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका उनी पार्टीभित्र धेरै लाभ लिने नेतामा गनिन्थे । नेकपा मसालदेखि नेपाली कम्युनिस्ट पार्टीसम्म आइपुग्दा प्रचण्ड निकट भएर काम गरे । शालिन र बौद्धिक नेता मानिएका महरा २०७४ फागुन २५ गते सभामुख भए । तर संसद्की एक महिला कर्मचारीसँग यौन दुराचार राखेको आरोप लाग्यो । त्यही आरोपमा उनले २०७६ साल असोज १४ गते पदबाट राजीनामा दिए ।
नेपालको इतिहासमा बाहलावाला सभामुखले राजनीतिमा दिएको त्यो पहिलो घटना थियो । राजीनामापछि उनी केही समय पुर्पक्षका लागि जेल चलान भए । यद्यपि महरालाई काठमाडौँ जिल्ला अदालतले सफाइ दियो । यौन दुराचारमा सफाइ पाएका महरा विद्युतीय चुरोट भेपमार्फत सुन तस्करी गरेको आरोपमा २०८२ असोजमा पक्राउ परे ।
पुर्पक्षका लागि जेलमा रहेका उनी उच्च अदालत पाटनको आदेशमा मंसिर ११ गते २० लाख धरौटी बुझाएर रिहा भए । पछिल्लो समय हरेक सरकार परिवर्तनसँगे पक्राउ पर्ने गरेका उनीविरुद्ध २०८२ चैत २६ गते भेप प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्यो ।
महराविरुद्ध अख्तियराले ७ करोड ७८ लाख बिगो दाबी गरेको छ । सुन प्रकरणमा उनका छोरा राहुल पनि जोडिएका छन् । नसासम्बन्धी रोगबाट पीडित रहेका ६८ वर्षे महरा ४८ वर्षपछि सक्रिय राजनीतिबाट बिट मारेका छन् ।
एकपछि अर्को राजनीतिक उचाइ हासिल गरेका महराको २०७६ देखि ओरालो यात्रा सुरु भएको हो । महराका दुइ छोरा निर्मल, राहुल र दुइ छोरी प्रगति र उन्नति छन् ।
यस्तो छ महराको पृष्ठभूमि
बुवा – स्व. रविचन्द्र महरा
आमा – स्व. समुन्द्रदेवी महरा
जन्म मिति – २०१५ असार १५
जन्म स्थान – रोल्पा लिवाङ–७ धारापानी
शिक्षाः
–एसएलसी, श्री बालकल्याण उच्च मावि लिबाङ रोल्पा
–प्रवीणता प्रमाण पत्र तह (विज्ञान), महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज (टियू)
स्नातह तह (शिक्षाशास्त्र), त्रिविवि नेपाल (पोखरा)
राजनीतिक यात्रा
–२०३५–०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय ।
–०३६ सालदेखि ०३९ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि
–२०३७ मा तत्कालीन नेकपा चौमको पार्टी सदस्यता प्राप्त । सोही सालमै पार्टीको रोल्पा जिल्ला सदस्य
–२०३९ देखि ४१ सालसम्म अ.ने.रा.स्व.वि.यू. आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखरा, स्व.वि.यु. कोषाध्यक्ष
–२०४१ देखि ०४५ सालसम्म नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको मन्त्री
–२०३६ देखि ०४८ सम्म विज्ञान र गणित शिक्षकको रुपमा १० वर्ष शिक्षण ।
–२०४८ सालदेखि नेकपा (मशाल) रोल्पा जिल्ला सेक्रेटरी (डिसिएस)
–२०४८ को निर्वाचनमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
–२०५० मा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता
–२०५० क्षेत्रीय संगठन समिति, सदस्य राप्ती ने.क.पा. (एकता केन्द्र)
–२०५१ पश्चिचमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, ने.क.पा. (माओवादी)
–२०५३ असार केन्द्रीय सदस्य, ने.क.पा. (माओवादी)
–२०५५ पोलिटब्यूरो सदस्य, ने.क.पा. (माओवादी)
–२०५८ तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक
–२०६० तत्कालीन सरकारसँगको द्रोसो वार्ता टोली सदस्य तथा प्रवक्ता
–२०६१ पार्टी प्रवक्ता ने.क.पा. (माओवादी)
–२०६२ स्थायी समिति सदस्य ने.क.पा. (माओवादी)
–२०६२ असोज सेक्रेटारियट सदस्य, केन्द्रीय समिति ने.क.पा. (माओवादी)
–२०६३ तत्कालीन सरकारसँग वार्ताको लागि गठित तेश्रो वार्ता टोलीको संयोजक
–२०६३ पौषमा अन्तरिम संविधान जारीपछि निर्मित अन्तरिम व्यवस्थापिका–संसदको सदस्य तथा माओवादी संसदीय दलको नेता
–२०६३ चैतमा अन्तरिम सरकारको सूचना तथा सञ्चार मन्त्री, सरकारको प्रवक्ता
–२०६४ चैतमा सम्पन्न निर्वाचनबाट दाङ क्षेत्र नं. ३ बाट संविधानसभा सदस्यमा निर्वाचित
–२०६५ भाद्र माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा संचार मन्त्री तथा सरकारको प्रवक्ता
–२०६५ पार्टी एकतापछि एकीकृत ने.क.पा. (माओवादी)को स्थायी समिति सदस्य
–२०६६ अन्तर्राष्ट्रिय ब्युरोको ईन्चार्ज, एकीकृत ने.क.पा. (माओवादी)
–२०६७ एकीकृत ने.क.पा. (माओवादी)का तर्फबाट नेपाल सरकारको उप–प्रधानमन्त्री तथा गृहमन्त्री
–२०६९ एकीकृत नेकपा (माओवादी) सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख
–२०६९ अन्तरिम चुनावी मन्त्रिपरिषद निर्माणका लागि राजनीतिक सहमति–पत्र तथा अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य
–२०६९ एकीकृत नेकपा (माओवादी) सातौ राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख, मध्य ब्यूरो ईञ्चार्ज
–२०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित ।
–२०७१ एकीकृत नेकपा (माओवादी)को महासचिव निर्वाचित
–२०७३ उपप्रधानमन्त्री तथा अर्थमन्त्री
–२०७४ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री
–२०७३ देखि हालसम्म पार्टी केन्द्रीय कार्यालय सदस्य
–२०७४ प्रतिनिधि सभा सदस्यमा दाङ क्षेत्र नं. २ बाट निर्वाचित
– २०७८ सालमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष
–२०८२ सालमा नेपाली कम्युनिस्ट पार्टीको संयोजन समितिका सदस्य
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा एक सातादेखि चलिरहेछ सुनुवाइ
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण