शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक बस्दै

शुक्रबार, ०५ असार २०८३, ११ : ५४
शुक्रबार, ०५ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अन्तिम बैठक भोलि शनिबार चितवनमा बस्ने भएको छ ।
  • बैठकमा महाधिवेशन कार्यविधि र विधान मस्यौदा अनुमोदन गर्ने मुख्य एजेन्डा छ ।
  • केन्द्रीय सदस्यहरू बैठकका लागि चितवन जाने क्रममा छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अन्तिम बैठक भोलि (शनिबार) बस्ने भएको छ । चितवनमा बिहान ११ बजे बस्ने बैठकमा महाधिवेशन कार्यविधि, विधान मस्यौदा अनुमोदन गर्ने एजेन्डा रहेको महामन्त्री भूपदेव शाहले जानकारी दिए ।

बैठकमा सहभागी हुनका लागि नेताहरू चितवन जान क्रम जारी छ । महामन्त्री शाहका अनुसार नेतृत्व टिम भोलि नै चितवन पुग्नेछन् । ‘विधान मस्यौदा, महाधिवेशन कार्यविधि अनुमोदनका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप