सरकारले संस्थागत स्थायित्व र संवैधानिक मर्यादामाथि प्रहार गर्यो : खुस्बु ओली
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सरकारका पछिल्ला गतिविधिहरूले मुलुकको संवैधानिक मर्यादा, सार्वभौमिकता र संस्थागत स्थायित्व माथि गम्भीर प्रश्न खडा गरेको बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री कार्यालयबाट भइरहेका कार्यशैलीप्रति आपत्ति जनाइन् ।
ओलीले प्रधानमन्त्री कार्यालयका सल्लाहकार र सहयोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई झण्डै ९ घण्टासम्म नियन्त्रणमा राखेर आफू अनुकूल कदम चाल्न दबाब दिएको समाचार सार्वजनिक भएको भन्दै सरकारसँग स्पष्टीकरण माग गरिन् । ‘यदि यो समाचार सत्य हो भने यो संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप हो,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्यालयमा विदेशी राजदूतमाथि दुर्व्यवहार भएको भन्ने कुराले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र विश्वसनीयतामा आँच पुगेको उनको भनाइ थियो । कूटनीतिक नियोगका प्रतिनिधिहरूको मर्यादामाथि प्रश्न उठ्ने गरी भएको व्यवहारले नेपालको कूटनीतिक संस्कारलाई कमजोर बनाएको ओलीले बताइन् ।
परराष्ट्रमन्त्री शिशिर खनालले कुवेतको सफर जेलमा ७ जना मात्र नेपाली महिला रहेको भनी दिएको अभिव्यक्तिको पनि सांसद ओलीले खण्डन गरिन् । उनले २४ घण्टाअघि मात्रै सोही जेलबाट फर्केकी नेपाली चेलीको उदाहरण दिँदै भनिन् ‘परराष्ट्र मन्त्रीले आफ्नो दूतावासको रिपोर्टलाई मात्र विश्वास गरेर कयौँ नेपाली महिलाहरूको पीडालाई हल्का रूपमा लिनुभएको छ । सत्य अति नै तीतो र गम्भीर छ, हामीसँग कयौँ महिलाहरू जेलमा रहेको प्रमाण छ, परराष्ट्र मन्त्रालयले यसबारे गम्भीर भएर छानबिन गरोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘५० युनिटभन्दा बढी बिजुलीमा कर लगाउने सरकारको नीति जनहित विपरीत’
-
राष्ट्रिय चलचित्र पुरस्कार : नीर शाह र मिरुना उत्कृष्ट कलाकार
-
अर्थ समितिमा गभर्नरमाथि प्रश्नैप्रश्न : तरलता र सस्तो ब्याजदर हुँदा पनि कर्जा किन गएन ?
-
अदालतको फैसलालाई सरकारको हार वा जितका रूपमा बुझ्नु सङ्कुचित मानसिकता हो : मुख्य रजिस्ट्रार पौडेल
-
सुदूरपश्चिममा बजेटको विषयलाई लिएर बबाल
-
सार्वजनिक खरिद ऐनका जटिलता तत्काल हटाउन अध्यादेश ल्याउनु परेको हो: कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण