२१ अर्ब चिट्ठामा जितेपछि श्रीमानलाई छोडेर चोरसँग विवाह गर्ने महिला
आफ्ना पूर्व श्रीमानसँग सन् २०१२ मा २१ अर्ब रुपैयाँ चिट्ठामा जितेकी महिलाले आफू काम गर्ने कम्पनीको १९ लाख चोरेका व्यक्तिसँग स्कटल्याण्डको फिफे शहरमा विवाह गरेकी छिन् । चर्चित लोट्टोमा अर्बौं रुपैयाँ जितेको १५ महिनापछि नै गिलियन बेफोर्डको उनका श्रीमानसँग सम्बन्धविच्छेद भएको थियो ।
गिलियन बेफोर्ड, ४६, ले गत हप्ता फिफेमा ३७ वर्षे ब्रियन डिन्ससँग विवाह गरेकी हुन् । डिन्सले टेस्को कम्पनीको १३ हजार पाँच सय पाउन्ड १९ लाख २१ हजार रुपैयाँ चारेको आरोपमा ६ महिनाको जेल सजायँ भोगेका थिए ।
दुई सन्तानकी आमाले आफ्ना श्रीमानको आपराधिक रेकर्डबारे डेटिङको सुरुवाती अवस्थामा नै थाहा भएको र यसलाई आफूलाई केही फरक नपार्ने बताएकी छिन् ।

चिट्ठा जितेपछि गिलियन आफ्ना पूर्व श्रीमानसँग उत्सव मनाउँदै
प्रोपर्टी रेनोभेटरको रुपमा काम गर्ने ब्रियनले गिलियनलाई यसबारे सम्बन्धको सुरुवातमा नै जानकारी दिएको द सनले बताएका ेछ ।
पूर्व स्वास्थ्यकर्मी गिलियनले सन् २०१२ मा १४८,६५६,००० पाउन्ड अर्थात् २१ अर्ब १७ करोड रुपैयाँ चिट्ठा जितेकी थिइन् ।
यद्यपी, त्यसको १५ महिनामा नै उनीहरुको सम्बन्धविच्छेद भयो । एकाएक भित्रिएको नयाँ सम्पत्तिको व्यवस्थापनको तनावले उनीहरुबीचको ९ वर्षे वैवाहिक सम्बन्ध टुटेको गिलियनले जानकारी दिएकी छिन् ।
नयाँ श्रीमानको थर राखेकी गिलियनले भनिन्, ‘मलाई उनीबारे निकै अघिदेखि थाहा थियो तर यसले मलाई कुनै फरक पार्दैन । सबैको अतित हुन्छ तर तपाईं विगतमा बाँच्न त सक्नुहुन्छ नि । समयसँगै मानिसमा परिवर्तन आउने गर्छ ।’
‘यो ६ वर्ष अघिको घटना हो जहाँ उनलाई मूर्ख भएका कारण सजायँ दिइयो । तर यो कारणले उनलाई जिन्दगीभर तनावमा त पार्नुहुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण