नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
सारांश
- एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले नेपालको नेपालगन्ज म्याराथनलाई 'एम्स सोसल अवार्ड २०२६' प्रदान गरेको छ।
- नर्वेको ट्रम्सोमा जारी एम्सको २५औँ वर्ल्ड कंग्रेसमा यो अवार्ड प्रदान गरियो।
- नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले यो अवार्डलाई सिङ्गो देशले पाएको सम्मान बताए।
काठमाडौँ । वर्ल्ड रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान गरेको छ। नर्वेको ट्रम्सोमा जारी एम्सको २५औँ वर्ल्ड कंग्रेसअन्तर्गत शुक्रबार राति आयोजित विशेष समारोहमा यो अवार्ड प्रदान गरिएको हो।
एम्सका अध्यक्ष पाको बोराओले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई उक्त अवार्ड हस्तान्तरण गरे। संसारभरका रेस आयोजकमध्येबाट उत्कृष्ट एकलाई छनौट गरी प्रदान गरिने यो अवार्ड वर्ल्ड रनिङको क्षेत्रमा निकै प्रतिष्ठित मानिन्छ।
एम्समा विश्वभरका झण्डै पाँच सयभन्दा बढी रेस आयोजकहरू सदस्य छन्। हाल नर्वेमा भइरहेको कंग्रेसमा बर्लिन म्याराथनका संस्थापक एवं एम्सका सहसंस्थापक ९० वर्षीय हर्स्ट मिल्डेसहित विश्वभरका अधिकांश प्रतिनिधि सहभागी छन्।
प्रतिष्ठित म्याराथन आयोजकहरूका माझ यो अवार्ड प्राप्त गरेपछि नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले खुसी व्यक्त गरे। उनले अनपेक्षित उपलब्धि हासिल भएको अनुभूति भएको बताउँदै अब नेपालमा म्याराथन आयोजनाको फैलावट र गरिमा अझ बढ्ने अपेक्षा राखे। ‘यो नेपालगन्ज म्याराथनले मात्र नभएर सिङ्गो देशले पाएको सम्मान हो, किनभने यो एम्सको एकमात्र सामाजिक अवार्ड हो,’ ठकुरीले भने।
नेपालगन्ज म्याराथन सन् २०१५ देखि अविछिन्न रूपमा सञ्चालन हुँदै आएको छ। सशस्त्र द्वन्द्व विधिवत् अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भएको दिन ५ मङ्सिर २०६३ को स्मरणमा २०७२ सालदेखि यो यात्रा सुरु भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा टाल्ने ‘सुपर–ग्लु’ नबनोस् चितवन महाधिवेशन
-
कक्षा १२ को नतिजा छिटो ल्याउन उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन : शिक्षामन्त्री
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
-
क्यानडालाई झट्का, स्टार मिडफिल्डर विश्वकपबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण