आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने

आइतबार, ०७ असार २०८३, ०८ : २६
आइतबार, ०७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्यहरू स्वतः केन्द्रीय समिति सदस्य बन्ने भएका छन्।
  • पार्टीको भरतपुरमा बसेको केन्द्रीय समिति बैठकले संस्थापकहरूलाई स्वतः केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापतिलाई प्रदान गरेको छ।
  • रास्वपाको संशोधित विधान अनुसार १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ, जसमा सात प्रदेशका सभापतिहरू पदेन सदस्य हुनेछन्।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने भएका छन् । हिजो भरतपुरमा बसेको केन्द्रीय समिति बैठकले संस्थापकलाई स्वतः केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापतिलाई दिएको एक संस्थापक सदस्यले जानकारी दिए ।

पार्टी स्थापनाकालमा २१ जना केन्द्रीय सदस्य थिए । ती मध्ये डा मुकुल ढकाल अहिले रास्वपामा छैनन् । डिप अर्याल सभामुख छन् । 

रास्वपाको संशोधित विधानमा १९ पदाधिकारी, १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । सात प्रदेशका सभापति पदेन सदस्य रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप