वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
सोमबार, ०८ असार २०८३, १५ : ०४
सारांश
- राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा सुन धितो राखेर कर्जा लिएकाहरूले प्रदर्शन गरेका छन् ।
- २०८२ भदौ २४ मा बानेश्वर शाखाबाट १८ केजी सुन चोरी भएपछि धितो राख्नेहरूले आफ्नो सुन नै फिर्ता चाहिने माग राखेका हुन् ।
- बैंकले सेवा शुल्क कटाएर थोरै रकम फिर्ता लिन भनेको पीडितहरूको आरोप छ ।
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा सुन धितो राखेर कर्जा लिएकाहरूले प्रदर्शन गरेका छन् । उनीहरूले सोमबार सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका हुन् ।
जेनजी आन्दोलन हुँदा २०८२ भदौ २४ मा बानेश्वर शाखाबाट १८ केजी सुन चोरी भएको थियो । धितो राख्नेहरूले आफ्नो सुन नै फिर्ता चाहिने माग राख्दै प्रदर्शन गरेका हुन् । तर, बैंकले सेवा शुल्क कटाएर थोरै रकम फिर्ता लिन भनेको पीडितहरूको आरोप छ ।
१५ जनाभन्दा बढी पीडितहरुले अहिले वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण