ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
सारांश
- अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप २०२६ को खेलमा अस्ट्रियाविरुद्ध पेनाल्टीमार्फत गोल गर्न नसक्दा विश्व कीर्तिमान बनाउने अवसर गुमाएका छन् ।
- खेलको ८ औँ मिनेटमा भीएआर रिभ्युपछि पाएको पेनाल्टीमा मेसीले ९ औँ मिनेटमा गोल गर्न सकेनन् ।
- यो गोलले मेसीलाई विश्वकपमा सर्वाधिक गोल गर्ने एक्लो खेलाडी बनाउने थियो, जहाँ उनी हाल मिरोस्लाभ क्लोजसँग १६ गोलमा बराबरीमा छन् ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी विश्व कीर्तिमान बनाउने सुवर्ण अवसरबाट चुकेका छन् । सोमबार राति नेपाली समय अनुसार १०ः४५ बजे अमेरिकाको डालस स्टेडियममा सुरु भएको अस्ट्रियाविरुद्धको खेलमा मेसीले पेनाल्टीमार्फत गोल गर्न नसक्दा उक्त ऐतिहासिक अवसर गुमेको हो ।
खेल सुरु भएको ८ औँ मिनेटमा ‘भिएआर’ को रिभ्युपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी प्रदान गरेका थिए । अर्जेन्टिनाका लागि सुरुवाती अग्रता लिने र मेसीका लागि इतिहास रच्ने यो निकै सहज अवसर थियो । तर, खेलको ९ औँ मिनेटमा मेसीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन सकेन । मेसीको प्रहार चुकाएसँगै स्टेडियममा उपस्थित हजारौँ समर्थकहरू स्तब्ध बनेका थिए ।
यो गोल मेसीका लागि मात्र एक गोल थिएन, यो विश्व फुटबल इतिहासकै एक ठुलो रेकर्ड तोड्ने अवसर थियो । हाल मेसी र जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोज १६–१६ गोलसहित विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा छन् ।
यदि आजको पेनाल्टी गोल भएको भए मेसी १७ गोलका साथ विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने एक्लो खेलाडी बन्ने थिए । सूचीमा मेसी र क्लोजपछि ब्राजिलका रोनाल्डो (१५ गोल) तेस्रो स्थानमा छन् । मेसीले सन् २००६ देखि २०२२ सम्मका ५ वटा विश्वकप खेल्दै १६ गोल पुरा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण