होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
सारांश
- भक्तपुरको एक होटलमा मदिरा पिउने क्रममा ट्याटु खोप्ने विषयमा विवाद हुँदा एक युवकको हत्या भएको छ।
- ट्याटु आर्टिष्ट आकाश रासाइलीले अर्को टेबलमा बसेकालाई ट्याटु खोप्ने विषयमा सोध्दा विवाद सुरु भएको थियो।
- विवादपछि होटल बाहिर झगडा हुँदा दोर्जे शेर्पाले चक्कु प्रहार गर्दा रासाइलीको मृत्यु भएको छ र संलग्न तीन जना पक्राउ परेका छन्।
काठमाडौँ । भक्तपुरमा मदिरा पिउने क्रममा ‘विवाद’ हुँदा एकजना युवकको हत्या भएको छ । असार ८ गते राति भक्तपुर नगरपालिका वडा नम्बर–१ मा महोत्तरी घर भएका आकाश रासाइली स्थानीय होटलमा थिए । अर्को टेवलमा ३ जना युवाहरू मदिरा पिउँदै थिए ।
महोत्तरीको मिथिला नगरपालिका–९ घर भएर नगरकोट मोडमा बस्दै आएका २८ वर्षीय रसाइली ट्याटु आर्टिष्ट हुन् । कुराकानीको क्रममा रसाइलीले अर्को टेवलकालाई सोधे, ‘ट्याटु हान्ने हो ?’
रसाइलीको त्यही प्रश्नमा झापाको दमक नगरपालिका घर भएका २७ वर्षीय दोर्जे शेर्पाले निहुँ खोजे । दोर्जे सल्लाघारीमा बस्छन् । दुईजनाको बिचमा भनाभन भएपछि रसाइलीले फोन गरेर आफ्ना साथिहरु बोलाएको दोर्जे पक्षको आरोप छ । त्यसपछि होटल बाहिर निस्केर उनीहरूको बिचमा झगडा हुन थाल्यो । झगडा हुँदा दोर्जेले रसाइलीमाथि चक्कु प्रहार गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले रातोपाटीलाई बताए ।
दोर्जेसँग उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भएर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की र गुल्मीको तम्घास घर भएर सल्लााघारी बस्ने ३५ वर्षीय रमेश कुँवर सँगै थिए । दोर्जेले चक्कु प्रहार गर्दा अरु दुईजनाले उनलाई मद्दत गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका रसाइलीको उपचारको क्रममा आज बिहान ६ बजेर १५ मिनेटमा मृत्यु भएको छ । मृतकको शव सिनामंगल स्थित केएमसी अस्पतालमा रहेको भक्तपुरका एसपी सूर्य खड्काले बताए । उनले भने, ‘मृतकको परिवारसँग समन्वय गरेर पोष्टमार्टम गर्न पठाउँछौँ ।’
हत्यामा संलग्न आरोपीहरू मजदुर हुन् । उनीहरुले भक्तपुरमा मजदुरी गर्ने गरेको प्रहरीलाई बताएका छन् । चक्कु प्रहारपछि भागेका उनीहरूलाई ‘सर्च अपरेशन’ सञ्चालन गरेर पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए ।
मृतक रसाइलीले बोलाएका युवाहरुबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । पछि आएकाहरूको विषयमा पनि भइरहेको एसपी खड्काले बताए । उनले भने, ‘त्यसबारे अनुसन्धान हुँदै छ ।’ पक्राउ परेकाहरूलाई प्रहरीले ज्यान सम्बन्धी कसुरमा म्याद लिन अदालतमा उपस्थित गराउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण