नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
काठमाडाैँ । नाइजेरियाको मध्य पठार राज्यको कावेल समुदायका बासिन्दाहरूलाई लक्षित गरी अज्ञात सशस्त्र व्यक्तिहरूको समूहले आक्रमण गर्दा कम्तिमा २० जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ।
पठार राज्यका प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोलाई उदृत गर्दै सिन्ह्वाले आक्रमणकारीहरूले बोकोस स्थानीय सरकारी क्षेत्रमा कावेल समुदायमा गोली चलाएर आक्रमण सुरु गरेको र घटनास्थलबाट भाग्नु अघि बासिन्दाहरूलाई धारिला हतियारले प्रहार गरी आक्रमण गरेको जनाएको छ ।
अलाबोले १८ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गर्दै अन्य तीन जना घाइते भएको बताउनु भएको छ । घाइते मध्ये दुई जनाको पछि अस्पतालमा मृत्यु भएको उनले बताए ।
आक्रमणको उद्देश्य अज्ञात रहेको र प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको उनले बताए।
पठार राज्य नाइजेरियाको मध्य क्षेत्रमा अवस्थित छ, जुन देशको मुख्यतया मुस्लिम उत्तर र मुख्यतया इसाई दक्षिणलाई जोड्ने क्षेत्र हो।
राज्यले हालका वर्षहरूमा बारम्बार हिंसाको सामना गरेको छ, जसमा विभिन्न समुदायहरूबिच भूमि र स्रोतहरू माथि विवादहरू हुने गरेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण