वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेशकियान र विदेशमन्त्री अब्बास अराघची मङ्गलबार पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन्।
इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री शहबाज शरीफ तथा अन्य वरिष्ठ मन्त्रीहरूले स्वागत गरेका थिए।
यो भ्रमण अमेरिका र इरानबिच गत सप्ताहान्त बुर्गेनस्टकमा भएको वार्तापछि भएको हो । पाकिस्तान र कतारले सोमबार उक्त वार्तालाई सकारात्मक र फलदायी भएको बताएका थिए।
पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पाकिस्तान र इरानबिच इतिहास, आस्था र संस्कृतिमा आधारित बलियो भ्रातृ सम्बन्ध रहेको छ,’ वक्तव्यमा थप भनिएको छ, ‘पाकिस्तानको नेतृत्व र जनताले विदेशमन्त्री अराघची तथा इरानी प्रतिनिधिमण्डललाई इस्लामाबादमा हार्दिक स्वागत गर्दछ ।’
विश्लेषकहरूका अनुसार पेजेशकियानको पाकिस्तान भ्रमणले अमेरिका–इरान वार्तापछि क्षेत्रीय कूटनीतिक समन्वयलाई थप बल दिने अपेक्षा गरिएको छ । पाकिस्तानले पछिल्ला महिनाहरूमा अमेरिका र इरानबिच संवाद कायम गराउन मध्यस्थकर्ताको भूमिका खेलेको थियो ।
भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार, ऊर्जा सहकार्य तथा अमेरिका–इरान वार्ताको पछिल्लो अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो रास्वपाकाे बन्दसत्र, बालेन र रविले गरे अङ्कमाल (तस्बिरहरू)
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण