रास्वपा महाधिवेशन
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
भाेलि बिहान पहिलाे चरणकाे निर्वाचन हुने
मङ्गलबार, ०९ असार २०८३, १८ : ५१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको तेस्रो संशोधित निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरिएको छ ।
- उम्मेदवारहरूको सूची आज राति ११:४५ बजे प्रकाशित गरिनेछ र त्यसपछि मौन अवधि सुरु हुनेछ ।
- बुधबार बिहान पार्टी सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणको निर्वाचन हुनेछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको तेस्रो संशोधित निर्वाचन कार्यतालिका प्रकाशित गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले मङ्गलबार महाधिवेशनको संशोधि निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो।
आजै राति १० बजे उम्मेदवारहरूकाे प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने राति ११:४५ बजे उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशित गरिनेछ । त्यसपछि माैन अवधि सुरु हुने केन्द्रीय निर्वाचन आयाेगका प्रमुख भुवन केसीले जानकारि दिए।
उनका अनुसार बुधबार बिहान पहिलाे चरणकाे निर्वाचन (पार्टी सभापति र केन्द्रीय सदस्य) हुनेछ।
मतदान सम्पन्न भएको २ घण्टापछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा गरिनेछ ।
दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण