अभिनेता केसीले ल्याए गीत ‘दोलखा सिङ्गटी’
बिहीबार, ११ असार २०८३, १२ : ३२
सारांश
- अभिनेता दिनेश केसीले 'दोलखा सिङ्गटी' नामक नयाँ गीत सार्वजनिक गरेका छन् ।
- यो गीतमा दोलखा जिल्लाको प्राकृतिक सुन्दरता, बालपन र पारिवारिक सङ्घर्षलाई समेटिएको छ ।
- गीतको भिडियोमा जनकबहादुर खत्री, मीन कुमारी खत्री र दिनेश केसीले अभिनय गरेका छन् ।
काठमाडौँ । फिल्मका कलाकार गायनमा देखिने क्रम बढ्दो छ । यस्तैमा अभिनेता दिनेश केसी पनि पछिल्लो समय गायकको रूपमा देखिँदै आएका छन् । यस्तैमा केसीको स्वर रहेको नयाँ गीत ‘दोलखा सिङ्गटी’ सार्वजनिक गरिएको छ ।
अमृत भारतीको शब्द, रामकुमार नेपालीको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन रामकुमार नेपालीले नै गरेका छन् । गीतमा दोलखा जिल्लाको प्राकृतिक सुन्दरताको वर्णन गरिनुको साथै उनले बालपन, पारिवारिक सङ्घर्ष आदि समेत गीतमा सम्झिएका छन् ।
गीतको भिडियोमा जनकबहादुर खत्री, मीन कुमारी खत्री र दिनेश केसीको अभिनय छ । राजेश कुमारको छायाङ्कन रहेको भिडियो लिगेस भट्टराईले निर्देशन गरेका हुन् ।
अभिनेता केसीले खतरनाक, लाले, आइएम क्रेजीलगायत थुप्रै फिल्म तथा म्युजिक भिडियो अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच नेताको समर्थनले महामन्त्रीमा विपिनको पल्लाभारी
-
रास्वपाको महामन्त्री दौडबाट पछि हटेपछि कविन्द्र बुर्लाकोटीले भने- ‘पार्टीको हित नै सर्वोच्च’
-
राजा चार्ल्सले पहिलोपटक सार्वजनिक गरे कर विवरण, एक वर्षमा तिरे करिब २ करोड अमेरिकी डलर
-
‘तरङ्ग’ मङ्सिर १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने
-
काठमाडौँको ट्राफिक जाम कम गर्न सातदोबाटो र एकान्तकुनामा बन्दैछ यस्तो अन्डरपास र ओभरपास
-
महामन्त्रीमा कविन्द्र, गणेश, शिशिर, प्रमोद र जगदीशको समर्थन विपिनलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण