रास्वपा केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित
शुक्रबार, १२ असार २०८३, ०८ : २५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित भएका छन्।
- रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार प्रभा ढकालले सर्वाधिक १ हजार ५१३ मत प्राप्त गरेकी छन्।
- आकांक्षा पोखरेल, अनिता श्रेष्ठ र पार्वती थापा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित भएका छन्।
रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार बागमती प्रदेशतर्फ प्रभा ढकालले सर्वाधिक १ हजार ५१३ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। त्यसपछि विदुले १ हजार ३३७ मत प्राप्त गरेकी छन्।
यसैगरी आकांक्षा पोखरेल ८८०, अनिता श्रेष्ठ ८०९ र पार्वती थापा ७५९ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
रास्वपा निर्वाचन आयोगले उक्त मतपरिणाम सार्वजनिक गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती
-
दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
-
रञ्जु दर्शनाले पनि गरिन् विपिनलाई समर्थन
-
खरिपाटी होल्डिङ सेन्टरका सुकुमबासीको आक्रोश– हामी गोली थाप्छौँ, तर होल्डिङ सेन्टर छोड्दैनौँ
-
आँधीले जापानमा उडान प्रभावित
-
जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण