शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेशगत रूपमा हेमराज थापाले पाए सबैभन्दा बढी मत

शुक्रबार, १२ असार २०८३, ०८ : ४६
शुक्रबार, १२ असार २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य निर्वाचनअन्तर्गत निर्वाचित उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भएको छ।

रास्वपा निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशबाट हेमराज थापाले सबैभन्दा बढी २ हजार ७३ मत प्राप्त गरेका छन्। कोशी प्रदेशमा निशा मेहताले १ हजार ८९१ मतसहित शीर्ष स्थान हासिल गरेकी छन्।

कर्णाली प्रदेशमा सिता बादीले १ हजार ८१३ मत प्राप्त गर्दै सर्वाधिक मत ल्याएकी छन्। बागमती प्रदेशमा प्रभा ढकालले १ हजार ५१३ मत प्राप्त गरेकी छन् भने मधेश प्रदेशमा सुस्मा बस्नेतले १ हजार ४४१ मतसहित पहिलो स्थानमा रहेकी छन्।

लुम्बिनी प्रदेशमा कल्पना पाण्डेले १ हजार ११७ मत प्राप्त गरेकी छन्। गण्डकी प्रदेशमा पवित्रा थापाले १ हजार ७६ मत प्राप्त गर्दै प्रदेशतर्फ सर्वाधिक मत ल्याएकी छन्।

रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार सातै प्रदेशमध्ये सुदूरपश्चिमका हेमराज थापाले सबैभन्दा धेरै २ हजार ७३ मत प्राप्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप