मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
सारांश
- सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र राँगा जोतेर परम्परागत शैलीमा रोपाइँ दिवस मनाइएको छ।
- आधुनिक कृषि प्रणालीको विकाससँगै दुर्लभ बनेको परम्परागत हलगोरुसहितको रोपाइँ गाउँपालिकाले मौलिक संस्कृतिको संरक्षण गर्न आयोजना गरेको हो।
- रोपाइँका क्रममा करिब ५ रोपनी खेतमा रोपारहरूले असारे भाका गाउँदै छुपुछुपु धान रोपेका थिए।
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र राँगा जोतेर परम्परागत शैलीमा रोपाइँ दिवस मनाइएको छ।
गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय आदिवासी समुदायका माझी, मगर, नेवार र तामाङ समुदायको उत्साहजनक सहभागिता रहेको थियो।
_yzTWurY2XP.jpg)
आधुनिक कृषि प्रणालीको विकाससँगै खेतीपातीमा ट्र्याक्टरको प्रयोग बढ्दै गएका कारण यति धेरै हलगोरु एकै ठाउँमा प्रयोग गरेर गरिने रोपाइँ हिजोआज दुर्लभ बन्दै गएको छ। आफ्नो मौलिक संस्कृतिको संरक्षण गर्न र परम्परालाई निरन्तरता दिनका लागि गाउँपालिकाले नै यो कार्यक्रमको सक्रियतापूर्वक आयोजना गरेको हो।
_JV5iBVhi93.jpg)
रोपाइँका क्रममा करिब ५ रोपनी खेतमा रोपारहरूले असारे भाका गाउँदै छुपुछुपु धान रोपेका थिए। परम्परागत शैलीको यो रोपाइँले पुराना पुस्ताको सम्झना ब्युँताउनुका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृति नियाल्ने अवसर दिएको छ।
_xOBIugAtBw.jpg)
रोपाइँका साथै कार्यक्रममा सहभागीहरूले खेतमा हिलो खेल्ने, एकअर्कालाई हिलो दल्ने, असारे गीत गाउने तथा डोरी तान्ने लगायतका विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेत गरेका थिए।
_gCvEHlFeCY.jpg)
नेपालमा प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा विशेष उल्लासका साथ मनाउने गरिन्छ। वर्षायामसँगै सुरु हुने धान रोपाइँलाई कृषि उत्पादन, खाद्य सुरक्षा र नेपाली कृषि संस्कृतिसँग जोडिएको एउटा महत्त्वपूर्ण कडीका रूपमा लिइन्छ।
_7VpRsMbZHI.jpg)
_hl4Src1gLo.jpg)
_IXH4rp9ULl.jpg)
_80joKsLQoe.jpg)
_fknVNedQho.jpg)
_dCbXUStLCP.jpg)
_WBO5p5cjAo.jpg)
_7xgLixfgf9.jpg)
_Ffd2fMBhkp.jpg)
_vT9hNmgWb4.jpg)
_hekXNf1Qvq.jpg)
_x4mDMHZtqf.jpg)
_cvYXImdvqy.jpg)
_qDDsVCaa7m.jpg)
_NQWUIN0Zt7.jpg)
_KxsB9X92VZ.jpg)
तस्बिर : निश्चल राज गौतम/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण