पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
सारांश
- भारतको उत्तर प्रदेशको कासगंजमा सोमबार दिउँसो प्रशिक्षार्थी विमान दुर्घटनाग्रस्त हुँदा एक विमान चालक घाइते भएकी छन्।
- स्थानीय अधिकारीहरूका अनुसार, विमान प्रशिक्षणका क्रममा जमिनबाट करिब ५० फिट माथि रहेको बेला सन्तुलन गुमाएर राजमार्गमा दुर्घटना भएको हो।
- चेतक हवाई कम्पनीको उक्त विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
काठमाडौँ । भारतको उत्तर प्रदेशमा एउटा प्रशिक्षार्थी विमान दुर्घटनाग्रस्त हुँदा एक विमान चालक घाइते भएकी छन् ।
सोमबार दिउँसो उत्तर प्रदेशको कासगंजमा प्रशिक्षार्थी विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा विमान चालक मुम्बई निवासी २७ वर्षीया कैनत खान घाइते भएकी छन् । विमान प्रशिक्षणका क्रममा दुर्घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
प्रशिक्षणका क्रममा विमान जमिनबाट करिब ५० फिट माथि रहेको र सन्तुलन गुमाएर राजमार्गमा दुर्घटना भएको बताइएको छ ।
विमान दुर्घटना भए लगत्तै प्रहरी र प्रशासनको टोली घटनास्थलमा पुगेर घाइते विमान चालकको उद्धार गरेका थिए । क्षेत्रलाई घेराबन्दी गरिएको थियो। दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।
उक्त विमान अलिगढस्थित चेतक हवाई कम्पनीको रहेको बताइएको छ । जुन कम्पनी नागरिक उड्डयन महानिर्देशनालय द्वारा मान्यता प्राप्त उडान प्रशिक्षण प्रतिष्ठान भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सो कम्पनीका पाइलटहरूले सेस्ना १७२ र सेस्ना १५२ जस्ता विमानहरूमार्फत प्रशिक्षण लिने गरेका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार, विमान आकाशमा उडिरहेको बेला अचानक सन्तुलन गुमाएको र बिजुलीका तारहरूमा ठोक्किएर राजमार्ग छेउमा खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण