खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
काठमाडौं । गुण्डागर्दीमा संलग्न आरोपमा प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनाङ घर भएर बुढानिलकण्ठ नगरपालिका–१० स्थित बालुवाखानी बस्ने २८ वर्षीय संजित गुरुङ छन् ।
असार १३ मा साँझ बुढानिलकण्ठस्थित रैथाने भान्छाघरमा बिल नतिरेर सञ्चालकलाई धम्की दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । २५ हजारको बिल नतिरेर होहल्ला गर्दै आक्रमण प्रयास गरेपछि भान्साघार सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । ड्युटीमा खटिएका प्रहरीसँग पनि उनले धक्कामुक्की गरेको आरोप छ ।
मनाङको नासो गाउँपालिका–६ घर भएका उनलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए । आरोपीलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण