सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

गैरचिकित्सकले चिकित्सकीय अभ्यास गर्ने गरेको पाइएको भन्दै संघको चिन्ता

सोमबार, १५ असार २०८३, १५ : ५७
सोमबार, १५ असार २०८३

काठमाडौँ । नेपाल चिकित्सक संघले सामाजिक सञ्जालमार्फत गैरचिकित्सकहरूले चिकित्सीय अभ्यास गर्ने तथा औषधि सिफारिस गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । संघले यस्ता गतिविधिले आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकबाट मात्रै उपचार गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संघले हाल विभिन्न सामाजिक सञ्जालमा संघलाई लक्षित गरी सम्प्रेषण भइरहेका समाचारप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता भ्रामक सूचनाको पछि नलाग्न संघले सर्वसाधारणलाई आग्रह गरेको छ ।

नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २७ (१) उद्धृत गर्दै संघले आधुनिक औषधिसम्बन्धी चिकित्सा कार्य गर्न आफूले प्राप्त नगरेको उपाधि, डिग्री वा लाइसेन्स प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ । उपयुक्त चिकित्सा शिक्षा हासिल गरी कानुनी प्रक्रिया पूरा गरेर नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले मात्र आधुनिक चिकित्सीय अभ्यास गर्न पाउने संवैधानिक व्यवस्था रहेको संघको भनाइ छ ।

संघले ‘एन्टी क्वाकरी’ अर्थात् अवैध र अदक्ष व्यक्तिहरूबाट गरिने उपचारविरुद्ध आफू सधैँ अडिग रहने पनि जनाएको छ ।

सामाजिक सञ्जालमार्फत गैरचिकित्सकहरूले चिकित्सीय अभ्यास गर्ने, औषधि सिफारिस गर्ने तथा स्वास्थ्यसम्बन्धी भ्रामक जानकारी प्रवाह गर्ने कार्य बढ्दै गएको भन्दै संघले यसप्रति सम्बन्धित निकायले पनि आवश्यक ध्यान दिनुपर्ने उल्लेख गरेको छ ।

साथै, सर्वसाधारणलाई आधिकारिक डिग्री प्राप्त गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकबाट मात्र उपचार गराउन र औषधि सिफारिस लिन आग्रह गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप