आइफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण डार्क वेबमा
सारांश
- एप्पलको आगामी आईफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण डार्क वेबमा सार्वजनिक भएका छन् ।
- टाटा इलेक्ट्रोनिक्समा भएको साइबर आक्रमणपछि आईफोन १८ प्रोका तस्बिर तथा पाट्र्स सूची डार्क वेबमा पुगेका हुन् ।
- साइबर सुरक्षा अनुसन्धानकर्ताहरूका अनुसार 'वल्र्ड लिक्स' नामक र्यान्समवेयर समूहले उक्त आक्रमणपछि दुई लाखभन्दा बढी फाइल डार्क वेबमा सार्वजनिक गरेको थियो ।
क्यालिफोर्निया । एप्पलको आगामी आईफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण ठुलो डेटा चुहावटपछि डार्क वेबमा सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार एप्पलका प्रमुख आपूर्तिकर्तामध्ये एक टाटा इलेक्ट्रोनिक्समा भएको साइबर आक्रमणपछि आईफोन १८ प्रोसँग सम्बन्धित तस्बिर तथा पाट्र्स सूची डार्क वेबमा पुगेका हुन् । सार्वजनिक भएका तस्बिरहरूमा कथित रूपमा आईफोन १८ प्रोको ड्रप टेस्ट (खसालेर गरिने परीक्षण) देखाइएको छ । तस्बिरमा तीनवटा क्यामेरा भएको डिजाइन र एप्पलको लोगो देख्न सकिन्छ ।
भारतस्थित टाटा इलेक्ट्रोनिक्सले केही दिनअघि आफू साइबर आक्रमणको शिकार भएको पुष्टि गरेको थियो । टाटाले आईफोनका विभिन्न पुर्जाहरू उत्पादन गर्नुका साथै उपकरणको एसेम्बली पनि गर्छ । साइबर सुरक्षा अनुसन्धानकर्ताहरूका अनुसार ‘वल्र्ड लिक्स’ नामक र्यान्समवेयर समूहले उक्त आक्रमणपछि दुई लाखभन्दा बढी फाइल डार्क वेबमा सार्वजनिक गरेको थियो ।
ती फाइलहरूमा टाटा इलेक्ट्रोनिक्सका ग्राहक कम्पनीहरू एप्पल र टेस्लासँग सम्बन्धित केही कागजात पनि समावेश रहेको बताइएको छ । रायटर्सका अनुसार चुहिएका कम्तीमा छवटा फाइलमा आईफोन १८ प्रोमा प्रयोग हुने सयौं कम्पोनेन्ट तथा ती उत्पादन गर्ने आपूर्तिकर्ताका सूची समावेश छ । त्यस्तै, एप्पलइन्साइडरले पनि चुहिएका कागजातहरूमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सका मदरबोर्ड डिजाइन तथा सम्भावित ए२० प्रो प्रोसेसरसँग सम्बन्धित प्राविधिक विवरण रहेको जनाएको छ ।
रायटर्सका अनुसार डार्क वेबमा आफ्ना गोप्य कागजात सार्वजनिक भएपछि एप्पल यस घटनाप्रति गम्भीर रूपमा चिन्तित बनेको छ । यद्यपि कम्पनीले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । एप्पलसँग प्रतिक्रिया मागे पनि समाचार तयार पार्दासम्म कम्पनीबाट कुनै जवाफ प्राप्त नभएको द भर्जले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् नेपाल नर्सिङ परिषद्को अध्यक्ष र रजिष्ट्रारमा उम्मेदवारी दिनेहरू
-
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा ९ र रजिस्ट्रारमा ११ जनाले दिए आवेदन
-
पाराग्वेका गोलकिपर ओर्लान्डो गिल : जर्सी बेचेर परिवार पाल्नेदेखि विश्वकपको ‘पेनाल्टी हिरो’सम्म
-
अग्रता जोगाउन नसकेको जापान, पेनाल्टीले घर फर्कायो जर्मनी र नेदरल्यान्ड्सलाई (भिडियो)
-
चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील : सञ्चारमन्त्री
-
यी हुन् नेपाल मेडिकल काउन्सिलको अध्यक्ष र रजिस्ट्रारका २४ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण