हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
सारांश
- नर्वेले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा आइभरी कोस्टलाई २-१ ले हराएको छ ।
- खेलको अन्तिम समयमा अर्लिङ हल्यान्डले निर्णायक गोल गरेपछि नर्वेको जित पक्का भएको हो ।
- यो जितसँगै नर्वेले अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको खेलमा नर्वेले आइभरी कोस्टविरुद्ध विरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
खेलको अन्तिम समयमा स्टार स्ट्राइकर अर्लिङ हल्याण्डले गोल गरेपछि नर्वेको जित पक्का भएको हो ।
खेलको ३९ औं मिनेटमा एन्टोनियो नुसाको गोलबाट नर्वेले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा पछि परेको आइभरी कोस्टका लागि ७४ औं मिनेटमा अमाद डियालोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
खेल बराबरीमा सकिएर अतिरिक्त समयतर्फ धकेलिने सम्भावना बढिरहेका बेला ८६ औं मिनेटमा अर्लिङ हल्यान्डले गोल गर्दै नर्वेलाई पुनः २–१ को अग्रता दिलाए ।
साथै हाल्यान्डले जारी विश्वकपमा गोल संख्या ५ पुर्याएका छन् । अब उनीभन्दा अघि अर्जेन्टिनका महान् फुटबलर मेसी छन् । मेसीले समूह चरणका तीन खेलमा नै ६ गोल गरिसकेका छन् ।
अब नर्वेलेर् अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ भने आइभरी कोस्टको यात्रा यही सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण