बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू

बुधबार, १७ असार २०८३, १२ : ०२
बुधबार, १७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार हुँदैछ ।
  • चितवनको भरतपुरमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबारका लागि तय गरिएको हो ।
  • शपथ ग्रहण कार्यक्रम लगत्तै केन्द्रीय समितिको बैठक बसी पार्टीका मनोनीत पदाधिकारी र सदस्यहरूका विषयमा छलफल र निर्णय गरिनेछ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार हुँदैछ । 

चितवनको भरतपुरमा हालै सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित भएका ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबारका लागि तय गरिएको हो ।

rsp cc members (1)

शपथ ग्रहण कार्यक्रम लगत्तै रास्वपाले केन्द्रीय समितिको बैठक समेत बोलाउने तयारी गरेको छ । उक्त केन्द्रीय समिति बैठकमा पार्टीका मनोनीत पदाधिकारी र सदस्यहरूका विषयमा आवश्यक छलफल र निर्णय हुने महामन्त्री आचार्यले जानकारी दिए ।

rsp cc members (2)

गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन सञ्चालन भएको थियो । उक्त महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो । 

rsp cc members (3)

सभापति लामिछानेले भने महाधिवेशन समापनकै क्रममा भरतपुरमै आफ्नो शपथ ग्रहण गरिसकेका छन् ।

rsp cc members (4)rsp cc members (5)rsp cc members (6)rsp cc members (7)rsp cc members (8)rsp cc members (9)rsp cc members (10)rsp cc members (11)rsp cc members (12)rsp cc members (13)rsp cc members (14)rsp cc members (15)rsp cc members (16)rsp cc members (17)rsp cc members (18)rsp cc members (19)rsp cc members (20)rsp cc members (21)rsp cc members (22)rsp cc members (23)rsp cc members (24)rsp cc members (25)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप