फिफा विश्वकप २०२६
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
बुधबार, १७ असार २०८३, २३ : ४१
सारांश
- फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गतको खेलमा इङ्गल्याण्डले प्रजातान्त्रिक गणतन्त्र कंगो विरुद्ध २-१ को अग्रता लिएको छ।
- कप्तान ह्यारी केनले ७५औँ मिनेटमा बराबरी गोल गरेपछि ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै इङ्गल्याण्डलाई अग्रता दिलाए।
- खेलको सातौँ मिनेटमा डीआर कंगोले सुरुवाती अग्रता लिएको थियो।
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत जारी खेलमा इङ्गल्याण्डले प्रजातान्त्रिक गणतन्त्र कंगो ९डीआर कंगो० विरुद्ध २–१ को अग्रता बनाएको छ।
खेलको ७५औँ मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका कप्तान ह्यारी केनले नै ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका हुन्।
एटलान्टा स्टेडियममा चलिरहेको यस खेलको सातौँ मिनेटमा डीआर कंगोले गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। दबाबमा रहेको इङ्गल्याण्डका लागि पहिले ७५औँ मिनेटमा एन्थोनी गोर्डनको पासमा हेडरमार्फत बराबरी गोल फर्काएका केनले खेलको अन्त्यतिर ८६औँ मिनेटमा अर्को गोल थपेका हुन्। खेलको दोस्रो हाफको खेल जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण