औषधि थोक विक्रेताले प्रमाणपत्र नवीकरण गर्दा लिखित सम्झौता अनिवार्य बुझाउनुपर्ने
काठमाडौँ। पछिल्लो समय नक्कली तथा मिसावटयुक्त औषधिहरूको बिक्री वितरण बढ्दै गएको र बजारबाट त्यस्ता औषधिहरू न्यून परिमाणमा मात्र फिर्ता हुने गरेको पाइएको भन्दै औषधि व्यवस्था विभागले कडा कदम चालेको छ।
विभागका अनुसार नक्कली र मिसावटयुक्त औषधिको सेवनले जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै अबदेखि सबै स्वदेशी उत्पादक तथा पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्ने छ।
जसमा जिम्मेवारी, क्षेत्राधिकार, गुणस्तर नियन्त्रण, भण्डारण मापदण्ड र कानुनी दायित्व स्पष्ट उल्लेख हुनुपर्नेछ। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको छ।
आर्थिक वर्ष २०८३/८४ देखि थोक बिक्रेताले औषधि विक्री वितरण प्रमाणपत्र नवीकरण गर्दा उत्पादक/पैठारीकर्तासँग भएको लिखित सम्झौताको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने भएको छ। यी व्यवस्था उल्लङ्घन गर्ने पक्षलाई औषधि ऐन २०३५ तथा औषधि बिक्री वितरण संहिता २०८० बमोजिम कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
यस्तै, उत्पादक तथा पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेताको सूची आफ्नो वेबसाइट र विभागको पोर्टलमा प्रकाशित गर्नुपर्नेछ । विभागले थोक बिक्रेताले दर्ता भएका खुद्रा पसल, सरकारी स्वास्थ्य संस्था, अस्पताल तथा कानुनबमोजिम दर्ता भएका संस्थालाई मात्र औषधि बेच्न पाउने र अनधिकृत व्यक्तिलाई बिक्री वितरण पूर्ण रूपमा निषेध गरिएको जनाएको छ।
खुद्रा विक्रेताले पनि आधिकारिक थोक बिक्रेताबाट मात्र औषधि खरिद गर्नुपर्ने र थोक बिक्रेताको नाम, दर्ता नम्बर अनिवार्य संरक्षण गर्नुपर्ने छ । विभागले आज बिहीबार औषधिको आपूर्ति सुनिश्चित गर्ने बारे सूचना जारी गरेको हो।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सावधान ! सीआईबीको नामबाट कानुनी कारबाहीको धम्की दिँदै इमेल आयो ?
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
-
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण