फिफा विश्वकप २०२६
घानाविरुद्ध कोलम्बियाले बनायो अग्रता
शनिबार, २० असार २०८३, ०७ : ३२
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को चरणमा कोलम्बियाले घानाविरुद्ध सुरुआती अग्रता बनाएको छ।
क्यान्सस सिटी स्टेडियममा जारी खेलको १४औँ मिनेटमा जोन आरियासले गोल गर्दै कोलम्बियालाई १–० को अग्रता दिलाए। सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको कोलम्बियाले आरियासको गोलसँगै खेलमा आफ्नो दबाबलाई नतिजामा परिणत गरेको हो।
यस खेलको विजेताले अन्तिम १६ मा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण