१७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
सारांश
- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशभरका विभिन्न साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।
- हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका ठुला नदीमा बहाव सतर्कता तहभन्दा तल रहे पनि १७ जिल्लाका साना नदीमा बाढीको मध्यम जोखिम छ।
- बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, सङ्खुवासभा, तेह्रथुम लगायतका जिल्लाका साना नदीमा बहाव बढ्ने सम्भावना छ र यो जोखिम दुई दिनसम्म कायमै रहनेछ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशभरका विभिन्न साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव भने अहिले सतर्कता तहभन्दा तलै छ। यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको अवस्था पनि सामान्य रहेको महाशाखाले उल्लेख गरेको छ।
ठुला नदीमा बहाव सामान्य देखिए पनि देशका विभिन्न १७ जिल्ला भएर बहने साना नदीहरूमा भने आज बाढीको मध्यम जोखिम छ। महाशाखाका अनुसार आज बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, सङ्खुवासभा, तेह्रथुम र आसपासका जिल्लाका साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
बाढीको यो जोखिम आगामी दुई दिनसम्म पनि कायमै रहने देखिएको छ। भोली र पर्सी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेश भई बहने साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ। ती क्षेत्रका नदी तटीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले जोड दिएका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण